मिति : २०८३ भाद्र ११ गते
प्रेस विज्ञप्ती
यही मिति २०८३ भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक तथा भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन लगायतका जिल्लामा भएको अपूर्णीय जनधनको क्षतिले हामीलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । प्राकृतिक विपत्तिको यस दुःखद घडीमा ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । साथै, सम्पर्क विहीन तथा बेपत्ता हुनुभएका नागरिकहरूको यथाशीघ्र खोजी, उद्धार र सकुशल पुनर्मिलनका लागि हार्दिक प्रार्थना गर्दछौँ । यस विपत्तिबाट प्रभावित नागरिकहरूको जीवनरक्षा, उपचार, उद्धार तथा राहतलाई पहिलो प्राथमिकतामा राख्दै राज्यका सम्बन्धित निकाय, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघ–संस्था तथा आम नागरिकबीच थप प्रभावकारी सहकार्य आवश्यक रहेको छ । विपद्को यस कठिन समयमा पीडित नागरिकको पीडालाई आफ्नै पीडा ठानी मानवीय एकता, सहकार्य र सहयोगको भावना अझ बलियो बनाउनु आजको आवश्यकता हो । विपद् कुनै एक व्यक्ति, परिवार वा समुदायको मात्र समस्या होइन यस्तो संकटमा सम्पूर्ण समाज एकजुट भएर उभिनुपर्छ । त्यसैले प्रभावित नागरिकहरूको तत्कालीन राहत, उपचार, पुनस्र्थापना तथा दीर्घकालीन पुनर्निर्माणमा सहयोग पु¥याउन आफ्नो क्षमता र सामथ्र्य अनुसार योगदान गर्न सम्पूर्ण राष्ट्रसेवक, उद्योगी–व्यवसायी, संघ–संस्था, सामाजिक अभियन्ता तथा आम महानुभावहरूमा हार्दिक अपिल गर्दछौँ । साथै, विपद् पीडित नागरिकको सहयोगार्थ स्थापित ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’ मा स्वेच्छिक रूपमा आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराई पीडित परिवारको दुःखमा साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
दुःखमा साथ दिऔँ, विपत्तिमा हातेमालो गरौँ र मानवीयताको पक्षमा एकजुट बनौँ ।
भीम बहादुर साउँद
सभापति
१३ श्रावण २०८३ (बुधबार)
भावपुर्ण श्रद्धाञ्जली ।
२७ बैशाख २०८३ (आईतवार)
समवेदना
१३ चैत्र २०८२ (शुक्रबार)
समवेदना
२१ माघ २०८२ (मंगलवार)
समवेदना
१८ माघ २०८२ (शनिबार)
समवेदना
१८ माघ २०८२ (शनिबार)
समवेदना
१८ माघ २०८२ (शनिबार)
समवेदना
६ मंसिर २०८२ (शुक्रबार)
समवेदना
२६ भाद्र २०८२ (बिहीबार)
प्रेस विज्ञप्ती
१३ भाद्र २०८२ (शुक्रबार)
समवेदना
२६ श्रावण २०८२ (आईतवार)
समवेदना
११ असार २०८२ (बुधबार)
समवेदना
३ चैत्र २०८१ (सोमबार)
ने.वि. संघलाई विजयी गराउन हार्दिक अपिल ।
२५ मंसिर २०८१ (मंगलवार)
समवेदना
११ कार्तिक २०८१ (आईतवार)
समवेदना
३१ भाद्र २०८१ (सोमबार)
समवेदना
८ श्रावण २०८१ (मंगलवार)
समवेदना
८ श्रावण २०८१ (मंगलवार)
समवेदना
३२ असार २०८१ (सोमबार)
हार्दिक बधाई तथा शुभकामना ।
३२ असार २०८१ (सोमबार)
हार्दिक बधाई तथा शुभकामना ।
१ असार २०८१ (शुक्रबार)
समवेदना
२६ जेष्ठ २०८१ (शनिबार)
समवेदना
२३ जेष्ठ २०८१ (बुधबार)
समवेदना
२२ जेष्ठ २०८१ (मंगलवार)
समवेदना
१३ जेष्ठ २०८१ (आईतवार)
समवेदना
११ बैशाख २०८१ (मंगलवार)
समवेदना
२ चैत्र २०८० (शुक्रबार)
प्रेस विज्ञप्ति
२३ माघ २०८० (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
११ माघ २०८० (बिहीबार)
समवेदना
६ माघ २०८० (शनिबार)
प्रेस विज्ञप्ति
६ माघ २०८० (शनिबार)
प्रेस विज्ञप्ति
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना