प्रवक्ता सन्देश

प्रवक्ताकाे सन्देश

राष्ट्रियता लोकतन्त्र र समाजवादका लगि सात दसकको अनवरत संघर्ष हो नेपाली काँग्रेस अर्थात लोकतान्त्रिक ब्यवस्थाको पर्यायवाची हो नेपाली काङ्ग्रेस। वी.पी. कोइरालाको बिचार संगै हजारौं वीर शहिदहरुको वलिदान र लाखौं क्रियाशिल सदस्यहरुको सक्रियतामा आज यो पार्टी रहेको छ ।

वी.पी. कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला जस्ता त्यागी नेताहरुले विभिन्न काल खण्डमा पार्टी र देशको नेतृत्व गरेका छन ।

आज यो देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना संगै पार्टी स्थापित रहि आएको छ । आज हामी लोकतान्त्रिक व्यवस्थाकाे वकालत गरिरहेका छौ । वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता यो  व्यवस्थाका सुन्दर पक्ष हुन जसलाई नेपाली काँग्रेसले अंगिकार गरेको छ ।

हामी सबैले देश र व्यवस्था मजबुत गर्न तथा देशको समृद्धिका लगि निरन्तर अभियानमा इमानदार भएर लगेमा नेपाल काँग्रेस सदा सर्वदा अविचलित रहने छ ।

जय नेपाल ।

  अर्जुन सिंह साउद
        प्रवक्ता
नेपाली काँग्रेस डडेल्धुरा