स्वतन्त्रता, समानता, लोकतन्त्रको स्थापना गर्ने नेपालको पहिलो राजनीतिक दल नेपाली काँग्रेस सधै नेपाली जनताको हितका खातिर लागि पर्ने पार्टी हो । इतिहासका हरेक कालखण्डमा नेपाली काँग्रेसले नेतृत्व गरेको छ । हरेक परिवर्तनको नेतृत्व गर्दै आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरणलाई आफ्नो ध्येय बनाएको छ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद जस्ता उच्च आदर्श बोकेको पार्टीले राजनीति परिवर्तन पछि आर्थिक सामाजिक परिवर्तन र बिकास तथा समृद्धिलाई विशेष जोड दिएको छ ।
महामानव वी.पी. कोइरालाले स्थापना गरेको सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शुशिल कोइरालाले नेतृत्व गरि नेपाली जनताको आफ्नो पार्टी बनाइएको नेपाली कांग्रेस शेरबहादुर देउवाको नेतृत्वमा अबिचलित रूपमा आफ्नो आदर्शलाई आत्मसात गर्दै मुल ध्येय र लक्ष्यमा अगाडी बढिरहेको छ । पार्टीको अवको कार्यदिशा आर्थिक, सामाजिक परिवर्तन र विकास हाे, त्यहि भावनाका साथ पार्टीका हरेक तह कृयाशिल रहेका छन ।
हरेक परिवर्तनको नेतृत्व गरेको र परिवर्तनलाई संस्थागत गरेको पार्टी जनताको भावनाको उच्च कदर गर्दै अगाडि बढदै जाने छ ।
जय नेपाल !
भीम बहादुर साउँद
सभापति
नेपाली काँग्रेस डडेल्धुरा